काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेका बेला एटीएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिस्इन्फेक्शन (निर्मलीकरण) गर्ने मेसिन बजारमा आएको छ ।

बुधबार सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मूल गर्ने कम्पनीको दाबी छ । खेम्स क्लिनिङ र र्‍यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी समग्रीहरु पनि डिस्इन्फेक्शन गर्न सकिने कम्पनीको भनाइ छ ।

कम्पनीका निर्देशक मनिस थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेतत चस्मा, घडी र अन्य कपडाहरु डिस्इन्फेक्शन गर्न सकिने बताउनुभयो । ३० सेकेण्डदेखि चार मिनेटसम्ममा कुनै पनि सामान डिस्इन्फेक्शन गर्न सकिने उहाँले बताउनुभयो ।

न्युरोडमा रहेको कुमारी बैंकमा मेसिनको परीक्षण गरिएपछि बजारमा सार्वजनिक भएको हो । कोरोना भाइरसले अहिले विश्व नै आक्रान्त बनिरहेका बेला पैसालगायत हामीले दैनिक प्रयोग गर्ने सामानहरु डिस्इन्फेक्शन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय