#
मनोरञ्जन

जया बच्चनले ‘कंगनालाई जुन थालमा खाने त्यही थालमा प्वाल पार्ने’ भनेपछि….

  एजेन्सी   ३१ भाद्र २०७७, बुधबार १४:३५

मुम्बई । बलिउडमा अहिले कंगाना रनावत निकै चर्चीत छन् । बलिउडमा ब्याप्त नकारात्मक कुरालाई उठाएका कारण कंगना सबैका लागि तारो बनेक िछन् । बलिउड कलाकार सुशान्त राजपुतको निधन पछि उनले नातावादको विषयलाई चर्को रुपमा उठाएकी थिइन् । बलिउडमा ड्र गको जालो पनि फैलिउको भन्दै कंगनाले अर्को वयान दिएपछि प्रहरीले सो पाटोवाट अध्ययनमा जुटेको छ ।

सोही विषयलाई लिएर समाजवादी पार्टीकी सांसद जया बच्चनले दिएको अभिब्यक्तिले उनी विवादमा तानिएकी छन् । जयाले भाजपा सांसद रवि किशन र नायिका कंगना रनौटले दिएको अभिब्यक्तिको विरोध गरेकी छन् ।

मंगलबार राज्यसभामा जया बच्चनले भनेकी छिन्, ‘फिल्म इन्डष्ट्रिमा नाम कमाउनेहरुले नै यसलाई नाली भनिरहेका छन् । मलाई आशा छ कि सरकारले यस्ता मानिसहरुलाई यस्ता भाषाको प्रयोग नगर्न भनोस् ।’

जया बच्चनले भनिन्, ‘केही मानिसहरुका कारण तपाईं पूरा उद्योगको छविलाई धुमिल पार्न सक्नुहुन्नँ । मलाई लाज लाग्छ कि हिजो लोकसभामा हाम्रा सदस्यका एक सदस्य, जो फिल्म उद्योगसँग जोडिएका छन्, उनले यसविरुद्ध बोले । यो लज्जाको विषय हो । तपाईं जुन थालमा खानुहुन्छ त्यसमा प्वाल पार्न सक्नुहुन्नँ ।’

वास्तवमा, जयाको यो बयान सुशान्तको मृ त्युपछि बलिउडसँग कंगना रनोटको विवाद र भाजपा सांसद रवि किशनको लोकसभामा दिइएको बयानसँग जोडिएर हेरिएको छ ।

जया बच्चनको बयानमा रवि किशनले मंगलबार भने, ‘मलाई आशा थियो कि जयाजी मेरो समर्थन गर्थिन् । इन्डष्ट्रिमा सबैजना ड्र ग्स लिँदैनन् । तर जसले लिन्छन्, उनीहरु संसारको सबैभन्दा ठूलो फिल्म इन्डष्ट्रिलाई समाप्त गर्ने योजनाका हिस्सा हुन् । जब मैले र जयाजीले फिल्म इन्डष्ट्रि ज्वाइन गरेका थियौं तब स्थिती यस्तो थिएन, तर आज इन्डष्ट्रिलाई जोगाउन आवश्यक छ ।’

वास्तवमा, सोमबार भाजपा सांसद रवि किशनले लोकसभामा ड्र ग्स र बलिउड कनेक्सनको मु द्दा उठाएका थिए । उनले शून्य समयमा भने, ‘पाकिस्तान र चीनबाट ड्र ग्स को त स्क री भइरहेको छ । यो देशको युवा पिढिलाई ब र्बा द गर्ने षड्यन्त्र हो । हाम्रो फिल्म उद्योगमा यसको पैठ भइसकेको छ र एनसीबीले यसको अनुसन्धान भइरहेको छ । यो मामिलामा कडा कारवाही होस् भन्ने मेरो माग छ ।’

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु