#
शिक्षा

सर्मीला तुम्रोकले पाईन बर्षको उत्कृष्ट विद्यार्थीको सम्मान

  सवाल नेपाल   ३१ भाद्र २०७७, बुधबार १५:०४

दमक। पेल्टीमारी प्रवासी मञ्च चुलाचुली इलामले एसईईमा उत्कृष्ट अंक ल्याएको भन्दै बालज्योती मा.वि. चुलाचुलीकी एक छात्रालाई सम्मान गरेको छ । सामुदायिक विद्यालयतर्फका एक उत्कृष्ट विद्यार्थीलाई हरेक बर्ष प्रदान गर्दै आएको एसईई छात्रबृत्ती यस बर्ष चुलाचुली ४ इलामकी सर्मीला तुम्रोकलाई प्रदान गरिएको मञ्चका सचिव धर्म अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो। तुम्रोकले एसईई मा ३.७ जिपीए प्राप्त गरेकी छन् ।

मञ्चले सोही विद्यालयमा एक कार्यक्रम गरेर तुम्रोकलाई नगद १० हजार र प्रमाण पत्र सहित सम्मान गरेको मञ्चका सचिव धर्म अधिकारीले जानकारी दिनुभयो। तुम्रोकलाई सोही वडाका वडा अध्यक्ष कालिदास भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेतुप्रकास राई , मञ्चका संयोजक देवेन्द्र पौडेल, सचिव धर्म अधिकारी लगायतले सम्मान गर्नु भएको थियो ।

सम्मान प्राप्त गरेपछि तुम्रोकले आगामी दिनमा आँफुले पनि अरु उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्ने चाहाना भएको प्रतिक्रिया दिइन् । मञ्चले २०७२ साल देखी विद्यार्थीहरुमा थप हौशला प्रदान गर्ने उदेश्यका साथ छात्रवृत्ती वितरण गर्दै आएको छ । सम्मान कार्यक्रम मञ्चका संयोजक देवेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु