दमक। झापाको दमक स्थित लाइफ लाईन अस्पतालको एक स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै २४ बर्षीया ति महिलालाई होम आइसोलेसनमा राखिएको छ । गौरादह नगरपालिका वडा नम्बर ४ घर भएकी ति महिलाको गौरादहबाट स्वाब संकलन गरी पठाइएको थियो ।

गौरादहबाट पठाइएको ५४ जनाको स्वाबको पीसीआर परीक्षणको आज आएको रिपोर्टमा एक जनाको रिपोर्ट पोजेटिभ आएको थियो । गौरादहबाट क्वारेन्टाइनका ३२ र समुदायका २२ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको भएपनि क्वारेन्टाइनका सबैको नेगेटिभ आएको गौरादह स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले सवाल नेपाललाई जानकारी दिनुभयो । आज संक्रमण पुष्टि भएकी महिलासहित गौरादहमा अहिले सम्म कोरोना संक्रमित हुनेको संख्या २० पुगेको र १९ जनाले कोरोना जितिसकेको पनि श्रेष्ठले जानकारी दिनुभयो । यसअघि लाईफ लाईन अस्पतालका अन्य दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये एक जना कर्मचारीको परिवारका अन्य ३ जना सदस्यमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

दमक ४ की ति कर्मचारी अहिले आइसोलेसनमा छिन भने आज आएको पीसीआर परीक्षणको रिपोटमा संक्रमण पुष्टि भएका दमकका ८ जनामध्ये ३ जना ति कर्मचारीको परिवारको सदस्य हुन् । ति तीनै जनालाई होटल निर्भानाको आइसोलेसनमा पठाइएको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनु भयो । संक्रमित ति कर्मचारी पनि सोहि होटलको आइसोलेसनमा बस्दै आएकाले उनीहरुलाई पनि त्यहीँ पठाइएको उहाँले जानकारी दिनुभयो ।

यस्तै दमक नगरपालिकाको एक कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आजको ८ संक्रमितसँगै दमक नगरपालिकामा अहिले सम्म १३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ७६ पुरुष र २४ महिला गरी १०० जनाले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय