#
कोरोना

२४ घण्टामा हालसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि

  सवाल नेपाल   ३१ भाद्र २०७७, बुधबार १८:०७

बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ ।

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् । आज १०,४९४ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए । यसैबीच कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु