काठमाडौं । सुनचाँदीको मूल्य यो साता सामान्य घटबढ भएको छ । केहीअघि तोलामा एक लाख बढी रहेको सुनको मूल्यमा पछिल्लो साता केही घटेपनि मूल्य उच्च हुँदा कारोबार सुस्ताएको व्यवसायीहरु बताउँछन् ।

सुनचाँदी बजार सुस्ताएकै बेला यो सातापनि सुनको मूल्यमा सामान्य घटबढ भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार छापावाल सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भयो । यस्तै सोमबार

९६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९७ हजार ५०० रुपैयाँ पुगेर कारोबार भयो ।

यस्तै बुधबार पनि सुन मंगलबारकै मूल्यमा कारोबार हुँदा बिहीबार भने घटेर ९६ हजार ६०० रुपैयाँमा कारोबार भयो । यस्तै आज शुक्रबार सुनको मूल्य ९७ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै शुक्रबार चाँदी १३३० रुपैयाँमा कारोबार भएको छ। यसअघि आइतबार १३१०, सोमबार १३२०, मंगलबार १३४०, बुधबार १३४० र बिहीबार १३२० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय