जनकपुरधाम । देशभर आज संविधान दिवस मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बस्ने भएको छ। सरकारका कर्मचारीले केन्द्रीय सर्कुलरलाई मानेर राष्ट्रिय झण्डा फहराउने र दीपावली मनाउने भए पनि सरकारका प्रतिनिधि भने मौन बस्ने भएका हुन्। दिवसको अवसरमा प्रदेश मन्त्रिपरिषद् बैठकले कुनै पनि कार्यक्रम तय गरेको छैन ।

मुख्यमन्त्री लालबाबु राउतले संविधान ‘सेलिब्रेसन’ गर्ने समय आइनपुगेको बताउनु भएको छ । संविधान दिवस मनाउने सन्दर्भमा राखेको जिज्ञासामा मुख्यमन्त्री राउतले संक्षिप्तमा भन्नुभयो, ‘सेलिब्रेसन गर्ने समय नआएकाले प्रदेश सरकारले कुनै कार्यक्रम गर्दैन ।’

यो प्रदेशका सत्तासिन पार्टी जनता समाजवादी पार्टीका नेतृत्वले संविधान दिवसका दिन शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् । आह्वानपछि आज प्रदेश २ का आठ वटै जिल्लामा यो पार्टीका नेता कार्यकर्ताहरुले बिरोध प्रदर्शन गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय