मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । आइतबार महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।

महाशाखाले हाल बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको पूर्वानुमानमा उल्लेख गरेको छ । यसैगरी, दिउँसो देशभर आँशिकदेखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र
चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

असोज ५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज ६ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर