बुटवल । सरकारको निर्णयपछि सोमबारदेखि आन्तरिक उडान सञ्चालनमा आएसँगै भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा चलहपहल सुरु भएको छ । झण्डै ६ महिना सुनसान रहेको विमानस्थालको आज आन्तरिक उडान सुरु भएसँगै चहलपहल सुरु भएको विमानस्थलका निर्देशक टेकराज पोखरेलले जानकारी दिए ।

आज विमानस्थलमा बुद्ध र यति एयरलाइन्सका तीन जहाजले उडान भर्नेछ । आज बुद्ध एयर दुईबटा उडान गर्ने तालिका रहेको बुद्ध एयरलाइन्स भैरहवामा प्रवन्धक दर्शन घिमिरले रातोपाटीलाई बताए ।

विमानस्थलका निर्देशक पोखरले सवै स्वास्थ सुरक्षा मापदण्ड अपनाएर आन्तरिक उडान गरिएको बताए । सरकारले बनाएको मापदण्ड र डव्लुएचओको मापदण्ड भैरहवा विमानस्थलमा पालना भएको उनको भनाइ छ ।

उनले मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मुल गेटबाट नै प्रवेशमा रोक लगाउको लागि सुरक्षाकर्मीहरुलाई निर्देशन दिइएको बताए । यस्तै ज्वरो भएका व्यक्तिलाई विमान चढ्नका लागि रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय