सोलुखुम्बु/ सोलुखुम्बुको माप्य दुधकोशी गाँउपालिका – ५ का वडा अध्यक्ष निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएका वडा अध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय