दमक। झापाको दमक नगरपालिकाका थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको २२ जनाको पीसीआर परीक्षणको रिपोर्टमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा ८ पुरुष र ६ महिला छन् । यो संक्रमण संख्यासँगै दमकमा कोरोना पुष्टि हुनेको संख्या एक सय ५७ पुगेको छ । त्यसमध्ये अहिले सम्म एक सय २७ जनाले कोरोना जितिसकेको सदस्यसचिव भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । दमकबाट एक सय ४० जनाको स्वाव पीसीआर परीक्षणका लागि पठाइएको थियो । यसमध्ये हिजो एक सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय