राशिफल

हेर्नुहोस वि.सं.२०७७ असोज- ०७,बुधवारको राशिफल


    सवाल नेपाल   ६ आश्विन २०७७, मंगलवार २०:३९

वि.सं.२०७७ असोज- ०७,बुधवार, ई.सं.२०२० September- २३ ,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि-सप्तमी , २५:१३ बजे उप्रान्त अष्टमी,नक्षत्र-ज्येष्ठा , २४:२५ बजे उप्रान्त मूल,योग-प्रीति , ०८:४६ बजे उप्रान्त आयुष्मान्,करण-गर १४:०७ बजेदेखि वणिज , २५:१३ बजे उप्रान्त वालव,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-ध्वांक्ष,सूर्योदय-०५:५३,
सूर्यास्त-१७:५७,दिनमान-३० घडी ११ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ, आजको शुभ अंक ९ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ, आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – लामो दूरीको यात्रा नगर्नुहोला,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,अध्ययनमा सुधार सफल भइनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,आर्थिक संकट पर्ने देखिन्छ, आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,चोट पटक लाग्ने योग छ, आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – साझे दारीको काममा संकट आउनेछ,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला, आजको शुभ अंक १० रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– खानेकुरा मा विचार पुराउनु होला,सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ , आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ, जको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,सानातिना कामको झमेला आउनसक्छ, आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – झुटको आरोप लाग्न सक्छ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ, आजको शुभ अंक ८ रहेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु