वि.सं.२०७७ असोज – ११,आइतवार,ई.सं. २०२० September – २७,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि-एकादशी , २१:२९ बजे उप्रान्त द्वादशी,नक्षत्र-श्रवण , २३:३२ बजे उप्रान्त धनिष्ठा,योग-सुकर्मा , २२:५९ बजे उप्रान्त धृति,करण-वणिज ०९:३३ बजेदेखि भद्रा , २१:२९ बजे उप्रान्त कौलव,चन्द्रराशि-मकर,आनन्दादि योग-गद, सूर्योदय-०५:५५, सूर्यास्त-१७:५३,दिनमान-२९ घडी ५४ पला, व्रत/पर्व-पद्मिनी एकादशी व्रत। पर्यटन दिवस। द्विपुष्कर योग २३:३२ बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –कार्यस्थलको स्वरूपअनुरूप पहिरनमा ध्यान दिनुहोला,शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,खानेकुरा मा विचार पुराउनु होला,आजको शुभ अंक १ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,अध्ययनमा सुधार सफल भइनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,लामो दूरीको यात्रा नगर्नुहोला,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिने छैन,धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ, आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ,सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय