काठमाडौँ – बरिष्ठ चिकित्सक तथा गायक भोला रिजालले कोरोना महामारीको अवसरमा समग्र स्वास्थ्यकर्मीको सम्मानमा ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलकोगीतसार्वजनिक गरेका छन् ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणमा समेत परेका रिजालले देशभरका स्वास्थ्यकर्मीको सम्मानमा उक्तगीतसार्वजनिक गरेको बताए ।

‘कोरोना महामारीसँगको यो लडाइमा स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन् उनले भने, ‘यस्तो बेला सबैलाई सम्मान र हौसला आवश्यक पर्छ । त्यसैले मैले उहाँहरुको मनोबललाई थप उर्जा दिन ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलकोगीतसार्वजनिक गरेको हुँ ।’

स्वास्थ्यकर्मीले यो महामारीमा देखाएको त्याग तपस्यालाई रिजालले गितको बोल मार्फत समावेश गरेका छन् । घर परिवार त्यागेर जनताको सेवामा लागेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीहरुले पनि साथ र सहयोग गरेमा धन्यवाद दिइएका छन् । सरकारी तथ्यांक अनुसार देशभर हाल ८ सय स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण देशमा दुई स्वास्थ्यकर्मीको निधन भएको छ । बिहिवार मात्रै भेरी अस्पतालमा उपचारका क्रममा एक बरिष्ठ चिकित्सकको निधन भएको छ । अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना संक्रमणका कारण निधन भएपछि यतिबेला समग्र चिकित्सा जगत शोकमा परेको छ ।

डा. रिजालले उनको निधनले चिकित्सा क्षेत्रमा ठुलो धक्का लागेको बताए । आफ्नो बलिदान गरेर पनि देशलाई जोगाउँन लागेका स्वास्थ्यकर्मी प्रति सबैले सम्मान गर्नुपर्ने रिजालको भनाई छ । उनको गितमा चिकित्सक डा लोचन कार्की, पुर्व प्रधान सेनापति सुकमाङ्गत कटवाल, दिपकराज गिरी, मेलिना राई, लगायतका व्यक्तिहरु गितमा समावेश गएका छन् ।

भिडियोः                              https://youtu.be/zDbHI4StIGI

प्रतिक्रिया

सम्बन्धित खवर