धरान। धरान र विराटनगरमा गरी आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ वर्षीया एक संक्रमित युवतीको आज बिहान मृत्यु भएको हो । इनरुवा–४ सुनसरीकी ती महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

ती महिलामा अन्य दीर्घरोग नरहेको बताइएको छ । प्रतिष्ठानमा परीक्षण गर्दा यही असोज ८ गते ती महिलामा संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पताल भर्ना गरिएको अस्पताल श्रोतले जनाएको छ ।

यस्तै, आजै विराटनगर महानगरपालिका–३ घर भएकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय २२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय