सशस्त्र प्रहरी बल, नेपालमा रिक्त तहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि सुचना प्रकास गरिएको छ । दरखास्त फारम भर्ने मिति: २०७७ साल असोज २४ गते देखि २०७७ साल कार्तिक २३ गते सम्म ।

यो पनि , मनास्लु आधार शिविरबाट झन्डै २ हजार किलो फोहोर संकलन , काठमाडौँ — मनास्लु हिमालको आधार शिविर क्षेत्रबाट करिब २ हजार किलो फोहोर संकलन गरिएको छ । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको आरोहण टोलीमा रहेका नेपाली सदस्यहरुले आधार शिविरमा तीन दिन गरेको सरसफाइमा झन्डै २ हजार किलो फोहोर संकलन गरेका हुन् ।

असोज १६, १७ र १८ गते उक्त आरोहण टोलीमा रहेका नेपालीहरुले आधारशिविर क्षेत्रमा सरसफाइ गरी फोहोर संकलन गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक मिङमा शेर्पाले जानकारी दिए । २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राखेका कामीरिता शेर्पासहित आरोहण दलमा सहभागी गाइड, किचेन टोली गरी सय जनाले आधार मनास्लु आधार शिविरको सरसफाइ गरेका थिए ।

गत सेप्टेम्बर १८ मा नेपाल आएको बहराइनका राजकुमारसहितको १८ जनाको आरोहण टोलीले नेपाली गाइडहरुको सहयोगमा अक्टोबर १ मा सोलुखुम्बुस्थित लोबुचे हिमाल आरोहण गरिसकेको छ । उक्त आरोहण टोलीले अक्टोबर १६ मा मनास्लु हिमाल आरोहण गर्ने योजना रहेको र त्यहीअनुसार तयारी भइरहेको पनि सेभेन समिट ट्रेक्सका प्रबन्धक मिङ्मा शेर्पाले जानकारी दिए । त्यसैको तयारीस्वरुप शुक्रबार मनास्लु आधार शिविरमा पूजा सम्पन्न भएको पनि सेभेन समिट ट्रेक्सले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय