प्रदेश १

खोलामा डुबेर मोरङको कानेपोखरीमा एकको मृत्यु


    सवाल नेपाल   २५ आश्विन २०७७, आईतवार ११:१७

मोरङ। मोरङको कानेपोखरीमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । कानेपोखरी ४ त्रिबेणी चोक बस्ने ३३ बर्षीय रेशम माझीको खोलामा डुबेर मृत्यु भएको हो ।

हिजो राती साढे १० बजे सोही स्थानमा रहेको करिया खोलामा माझीलाई आफन्त सहित स्थानीयहरुले डुबेर वेहोस भएको अवस्थामा फेला पारी प्रहरीमा खबर गरेका थिए ।

पानीमा डुबेर वेहोस भएका माझीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु