मुख्य

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविस्वासको प्रस्ताव ल्याउनुपर्ने माग, नेकपा प्रदेशसभा सदस्यहरुले पार्टीमा गराए निवेदन दर्ता


    सवाल नेपाल   २५ आश्विन २०७७, आईतवार १६:००

काठमाडौं/ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव ल्याउनुपर्ने माग गर्दै नेकपा प्रदेशसभा सदस्यहरुले पार्टीमा निवेदन दर्ता गराएका छन्।

प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने १८ सदस्यहरुले नेकपाको प्रदेश सभाको संसदीय दलका सचेतकलाई पत्र बुझाएका हुन्। संसदीय दलका मुख्य सचेतक गुलाबजंग शाहलाई बुझाइएको पत्रमा उपसभामुख पुष्पा घर्ती मगरको पनि हस्ताक्षर रहेको छ। त्यस्तै यसअघि मुख्यमन्त्रीको चर्चामा रहेका यामलाल कँडेलले पनि हस्ताक्षर गरेका छन्।

पत्रमा शाही मुख्यमन्त्रीमा निर्वाचित भएसँगै सरकार र संसदीय दलको नेतृत्व प्रभावकारी नभएको आरोप लगाइएको छ। साथै दल र सरकारको काम कारवाहीमा पनि यसको प्रभाव परेको भन्दै पत्रमा जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलोसमेत भएको आरोप लगाइएको छ।

त्यस्तै प्रदेशसभाको संसदीय दलको विधान अनुरुप संसदीय दलको नेता उपर विश्वास नभएकोले अविश्वासको प्रस्ताव दर्ता गराएको उल्लेख छ भने यथासक्य संसदीय दलको बैठक आयोजना गरी मार्ग प्रशस्त गर्नसमेत उनीहरुले माग गरेका छन्। कर्णालीमा ४० प्रदेश सभा सदस्यमध्ये ३३ जना नेकपाका सदस्य छन्।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु