मनोरञ्जन

२३ वर्षपछि सलमानकी पूर्वअभिनेत्री लिएर फिल्म बनाउदै कंगना


    एजेन्सी   २६ आश्विन २०७७, सोमबार १५:१९

काठमाडौँ– पछिल्लो समय बलिउड अभिनेत्री कंगना रनावत बलिउड सुपरस्टार सलमान खानविरुद्ध खनिदै आएकी छन् । नातावादको मुद्धामा कंगनाले सलमानलाई दोषी मान्दछिन् । यसैबीच कंगना सलमानकी पूर्वअभिनेत्रीका साथ नयाँ फिल्ममा देखा पर्दैछिन् ।

कंगना अहिले थलाइवी नामक फिल्मको काममा ब्यस्त छिन् । नेतृ तथा अभिनेत्री जयललिताको विषयमा निर्माण हुने उक्त फिल्ममा कंगनाको लुक्स पहिले नै ट्रेण्डमा छ । यसैबीच कंगनाले सलमानको पहिलो फिल्म मैने प्यार किया (सन् १९८९)की अभिनेत्री भाग्यश्रीलाई लिएर फिल्मको काममा छिन् ।

भाग्यश्री २३ वर्षपछि आफू फिल्ममार्फत कम्ब्याक गर्ने सन्देश युक्त तस्वीर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् । भाग्यश्री लेख्छिन्, म फेरि काम गर्न उत्साहित र खुसी छु । सामाजिक सञ्जालमा भाग्यश्रीको फोटो भाइरल बनेको छ ।

 

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु