मनोरञ्जन

‘रिपब्लिक टीभी’ र ‘टाइम्स नाउ’ को विरुद्ध बलिवुड कलाकारहरु


    एजेन्सी   २६ आश्विन २०७७, सोमबार २०:३२

काठमाण्डाै – बलिवुडका चर्चित व्यक्तिहरुले केही मिडिया प्रतिष्ठानमाथि सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा गैरजिम्मेवार रिपोर्टिङ गरेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

मुद्दा दायर गर्नेमा फिल्म उद्योगको प्रतिनिधित्व गर्ने चार सङ्गठन र ३४ निर्माता छन् ।

यो मुद्दा रिपब्लिक टीभी, अर्णव गोस्वामी, रिपब्लिक टीभीका प्रदीप भण्डारी, टाइम्स नाउ, राहुल शिवशङ्कर र नविका कुमारविरुद्ध दर्ता गरिएको छ ।

उनीहरुले बलिवुड र बलिवुडका व्यक्तिहरुविरुद्ध अपमानजनक र गैरजिम्मेवार टिका टिप्पणी गर्नबाट रोक्नको लागि मुद्दा दर्ता गरेको बताएका छन् ।

बलिवुडका व्यक्ति, उनीहरुसँग जोडिएको गोपनीयताको अधिकारमा दखल दिने र मिडिया ट्रायलमा रोक लगाउन उनीहरुले माग गरेका छन् ।

उनीहरुले टेलिभिजन च्यानलका साथसाथै सामाजिक सञ्जालमा पनि बलिवुडको बारेमा अपमानजनक सामग्रीको प्रकाशनमा पनि रोक लगाउनुपर्ने माग गरेका छन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु