मुख्य खबर

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा,नेकपा कर्णाली प्रदेशले संसदीय दलको बैठक बोलायो


    सवाल नेपाल   २७ आश्विन २०७७, मंगलवार ११:०३

विरेन्द्रनगर। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै उनको पद धरापमा परेको हो । यो विवादले नेकपामा पुरै खैलाबैला मच्चिएको छ । यहि विवादको कारण नेकपा कर्णाली प्रदेशले संसदीय दलको बैठक समेत बोलाएको छ ।

संसदीय दलको विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षले दलको बैठक बोलाएका हुन् । मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका गुलाबजंग शाहलाई प्रमुख सचेतकबाट हटाएर सोको जिम्मेवारी सीता नेपालीलाई दिनुभएको थियो । तर आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्रीले गरेको निर्णय मान्य नहुने असन्तुष्ट पक्षको दावी छ भने नयाँ जिम्मेवारी पाएकी मुख्य सचेतक नेपालीले आफू नै दलको आधिकारीक भएको बताउनुभएको छ ।

दुवै पक्षले आज दिउँसोका लागि दलको बैठक बोलाएका छन् । आइतबार नेकपाको कर्णाली प्रदेशका सह इन्चार्जसमेत रहेका नेता यामलाल कँडेलेको अगुवाइमा १८ जना सांसदले हस्ताक्षर गरेर अविस्वास्सको प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टी मै खैलाबैला मच्चिएको छ । प्रदेश राजधानी विरेन्द्रनगरमा हिजो दिनभर दुवै पक्षको छलफल भएको थियो ।

तर दुवै पक्षले आफ्ना निर्णयबाट पछि नहट्ने अडान लिएका छन् । कर्णालीको विवाद समाधानका लागि केन्द्रमा अध्यक्षद्वयले छलफल गरेपनि कुनै सहमति भएको छैन । यता दलको यो विवाद मिलाउन केन्द्रले जस्तोसुकै प्रयास गरेपनि आफूहरुलाई मान्य नहुने हस्ताक्षरकर्ता सांसदहरुको अडान छ । उनीहरुले केन्द्रले हस्तक्षेप गरे संघीयताको मर्म विपरीत हुने तर्क समेत गरेका छन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु