अन्तराष्ट्रिय

फिनल्यान्डकी प्रधानमन्त्रीले गरिन् नयाँ स्टन्ट, भयो आलोचना


    एजेन्सी   २८ आश्विन २०७७, बुधबार १५:१७

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले ब्रा नलगाइकन निकै तलसम्मको नेकलाइन भएको लुगा लगाएर क्लीभेज देखाउँदै खिचेको तस्वीर सार्वजनिक भएपछि आलोचना भएको छ ।

प्रधानमन्त्री पदका लागि यस्तो व्यवहार उपयुक्त नभएको भनी धेरैले उनको आलोचना गरे । तर कतिपयले उनको समर्थन गर्दै उस्तै किसिमको फोटो राखे ।

मरिनले ट्रेन्डी नामक फेशन पत्रिकाका लागि उक्त बोल्ड फोटो खिचाएकी हुन् ।

उक्त पत्रिकाको इन्स्टाग्राम पेजमा प्रयोगकर्ताहरूले कठोर आलोचना गरेका छन् । अझ त्यो फोटो प्रधानमन्त्रीको आधिकारिक निवासमा लिइएको थाहा पाएपछि त झन् प्रयोगकर्ताहरूको पारा छुट्यो ।

तर केही पत्रिकाहरूले प्रधानमन्त्रीको व्यवहारको प्रतिरक्षा गरे अनि उनको सुन्दरता, मजबूती तथा स्वतन्त्रताको प्रशंसा गरे । मरिन संसारकै सबभन्दा सुन्दर प्रधानमन्त्री भएको भनी कतिपयले लेखे ।

मरिनका महिला समर्थकहरूले उनको प्रतिरक्षामा अभियान चलाउँदै क्लीभेज देखिने आफ्ना तस्वीरहरू सार्वजनिक गरे ।

यसअघि पनि फिनल्यान्डका नेताहरूले अनौठो लुगा लगाएर वा नांगै भई फोटो खिचेर विवाद निम्त्याइसकेका छन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु