अन्तराष्ट्रिय

थाइल्यान्डमा दिवंगत राजाको सम्झनामा नर्सहरूले गरे दण्डवत


    एजेन्सी   २८ आश्विन २०७७, बुधबार १६:३८

थाइल्यान्डमा पूर्व राजा दिवंगत भएको चौथो वार्षिकीका अवसरमा थुप्रै नर्सहरूले राजालाई दण्डवत गरेका छन् ।

राजा भुमिबोल अदुल्यादेजप्रतिको श्रद्धाभाव देखाउँदै नर्सहरूले बैंककमा रहेको सिरिराज अस्पतालको भुइँमा राजाको तस्वीरसामु दण्डवत गरेका हुन् ।

बहालवाला राजा महा वजिरलङकर्न समारोहका लागि आइपुग्दा धेरै मानिसले स्वागत गरे । तर केहीले उनलाई गाली गरे । प्रहरीले गालीगलौज गर्ने २१ जनालाई पक्राउ गरेको छ ।

सेतो लुगा लगाएका राजा महा र रानी सुदिथाले कट्टर राजावादीहरूको अभिवादन स्वीकार गरे । राजारानीलाई पानीबाट जोगाउन भृत्यहरूले छाता ओढाएका थिए ।

यी ६८ वर्षीय राजा जर्मनीबाट फर्केका हुन् । त्यहाँ उनले महामारीका बीचमा विलासी होटलमा बसेर भित्रियाहरूसँग मोजमस्ती गरेको भन्दै जनतामा आक्रोश छ । थाइल्यान्डमा अभूतपूर्व रूपमा राजतन्त्रविरोधी तथा लोकतान्त्रिक आवाजहरू उठ्न थालेका छन् ।

जर्मनीका परराष्ट्रमन्त्रीले गत साता थाइ राजालाई जर्मन रिजोर्टमा बसेर थाइल्यान्डको राजनीति सञ्चालन गर्न ठीक नहुने भनी गत साता बताएका थिए ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु