भारतको राजधानी दिल्लीमा प्रहरी नै असुरक्षित छ । एक कारचालकले ट्राफिक प्रहरीलाई बोनटमा राखेर टाढासम्म पुर्‍याएको घटना हालै सार्वजनिक भएपछि प्रहरीको असुरक्षा छताछुल्ल भएको हो ।

प्रहरीले कार रोक्न कोशिश गर्दा चालकले उसलाई धक्का दिँदै बोनटमा राखेर लतार्दै परसम्म लगेको देखिन्छ । अझ कारलाई यताउता घुमाएर ऊ प्रहरीलाई लडाउन खोज्छ ।

केही समयपछि ऊ त्यसमा सफल पनि हुन्छ र प्रहरी सडकमा पछारिन्छ ।

घटना सोमवार धौलाकुआँमा भएको हो ।

यसरी कारचालकले ट्राफिक प्रहरीको ज्यान जोखिममा पारेको थियो भने सडकमा हिँडिरहेका अन्य व्यक्तिको सुरक्षामा पनि खतरा निम्त्याएको थियो ।

आरोपित कारचालकले लगभग ५०० मिटरसम्म बोनटमा प्रहरीलाई लतार्दै लगेको हो । त्यतिखेर सडकमा गाडीको बाक्लो आवतजावत थियो ।

कारले ट्राफिक नियम उल्लंघन गरेकाले प्रहरीले उसलाई राक्न खोजेको थियो । तर चालकले कार रोक्नुको साटो थप द्रुत गतिमा गाडी कुदायो ।

शिवम नामक उक्त कारचालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय