अनौठा कुरा

यी महिलालाई पतिले डेढ वर्षसम्म थुने शौचालयमा, गरियो उद्धार (भिडियो)


    सवाल नेपाल   ३० आश्विन २०७७, शुक्रबार १७:४२

भारतको पानीपतमा एक महिलालाई उनका पतिले डेढ वर्षसम्म शौचालयमा थुनेको अवस्थामा उद्धार गरिएको छ ।

ती ३५ वर्षीया महिलालाई तीन बाई तीन फीटको शौचालयमा १८ महिनासम्म राखिएको थियो । उनलाई प्रहरी र सामाजिक कार्यकर्ताहरूले मंगलवार उद्धार गरेका हुन् ।

पति नरेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ । अमानवीय व्यवहार गरेका पतिले उनलाई कैयौं दिनसम्म खाना र पानी नदिने गरेका थिए । महिलाका तीन सन्तान छन् ।

स्थानीयहरूले महिलाको अवस्थाका बारेमा थाहा पाएपछि महिला सुरक्षा अधिकारी रजनी गुप्तालाई खबर गरेका थिए । उनले प्रहरीलाई सूचना दिइन् र उनीहरू घरको छेउमा रहेको शौचालय पुगे ।

ती महिला शौचालयको भुइँमा लडिरहेको उनीहरूले भेटे ।

‘उनी दुब्लाएर हिँड्न समेत नसक्ने भएकी थिइन्,’ गुप्ताले भनिन् । ‘हामीले उनलाई खाना दिँदा उनले आठवटा रोटी खाइन् ।’

महिलाको नाम खुलाइएको छैन । उनको विवाह १७ वर्षअघि भएको थियो । पतिले पत्नी मानसिक रोगी भएको दाबी गरे अनि उनको उपचार चलिरहेको बताए ।

तर उनले मानसिक रोगको प्रमाण दिन सकेनन् । गुप्ताले महिलासँग कुरा गर्दा मानसिक रूपमा तन्दुरुस्त पाइन् । महिलालाई पहिला अस्पताल लगियो अनि उपचारपछि बहिनीको घरमा राखिएको छ ।

 

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु