बिचार/ब्लग

यहि शब्दले पोल्यो “महिलाहरूको बिगबीगी पुरूष बाच्न नसक्ने भएपछि काटेर मारिदिन थाले”


    दुर्गा काफ्ले   १ कार्तिक २०७७, शनिबार १२:२४

दुर्गा काफ्ले , दमक/ एकजना बिद्वान पुरुष साथीले फेसवुकमा कमेन्ट गर्नु भएको थियाे “महिलाहरूको बिगबिगीले पुरूष बाँच्न नसक्ने भएपछि काटेर मारिदिन थाले”

यो कमेन्ट २०७७-६-२५ गते बेलुका ८ बजेतिर मैले पढेको थिए। मलाई यहि शब्दले पिरोलि रह्याे कि हजुरआमा,आमा,छोरीबुहारी , नातिनी,श्रीमती कि म महिला मात्र ! यदि म महिला मात्र भैदिएकाे भए सायद यति सजिलै बिगबिगीले काटिदिए भन्न सायदै सोच्नु पर्ने थियो होला ! श्रीमती भएकै कारण काटेर मार्न र उम्कन पनि सजिलो भएको त रहेछ !

अनि छोरी भएकै कारण सजिलो,आमा भएर नै वृद्ध आश्रममा पठाउन या घर निकाला गरिदिन सजिलो, बुहारी भएकै कारण करणी गरी मारीदिन सजिलो, यस्तै यस्तै सोचेर धन्नै धन्नै ननिदाई उज्यालो भएछ । त्यो बिचमा धेरै घटनाहरू संझे निर्मला पन्त वलात्कार पछि हत्या, हेटाैडा कि बिना केसीको हत्या, सोच्दा सोच्दै गौरादहमा हत्या गरिएकी मनमाया भण्डारीसंग ठोकियो यो मन ।

मध्ये दिउँसो आफ्नै घरमा ल्याएर १-२ घण्टा छोडेर हिँडेर बिचमा ‘कसले मार्यो ‘भन्दै श्रीमान् ले हारगुहार गर्दै फोनमा ब्यस्त भएको देख्यौं । हामीले त्यहाँ काेहि आएकै देखेका छैनौं । हामीलाई त निज मनमायाकै श्रीमान को शंका लाग्छ भन्दाभन्दै हतार हतार पोष्टमार्टम गरि सतगती गरियो किन ? यदि घर बाहिरको कसैले मारेको शंका थियो भने किन हत्याराको पत्ता लगाउन माग गरिएन ,किन आफन्त सबै चुपचाप र श्रीमानको गुणगान गाएर बस्नु भयो ?यदि श्रीमान दोषी थिएनन् भने हत्यारा पत्ता लगाउन किन पहल गरेनन् , छोराबुहारी र आफन्त किन चुपचाप ? हत्यारा जो भएपनि अपराधी नै हो चाहे बाबु चाहे आमा चाहे श्रीमती नै किन नहोस् !

फेरि तालिम प्राप्त कुकुर ले किन श्रीमानकै अगाडि उभिएर हेरि रह्ये , छिमेकिले वहाँको खुट्ट्मा रगत देखेर सोद्धा किन झारमा दल्नु भयो, अनि हराएको भनिएको तिलहरी र टाउकोमा हानेर मार्न प्रयोग गरिएको हतौडा किन घरमा बोरामा नै भेटियो ? यस्तै यस्तै धेरै सबुतहरू भेटिएको बिभिन्न मिडीयामा स्थानियहरूले भनि रहनु भएको सुन्नमा आएको छ । यदि यी सब भनाइ सत्य हुन् भने किन अझै हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई कठिन भैं रहेछ । आजकाल त कानुन किनबेच गर्न बानी परेका सेठहरूले किन्छन् र निर्दोषीलाई दोषी र दोषीलाई निर्दोषी पनि बनाउन सकिन्छ !

मेरो मनको कुरा आमाको हत्यामा बोल्न नसक्ने सन्तान,छोरीको रेप गर्ने बाबु ,दिदीबैनीको अस्तित्व लुट्ने दाजुभाइ ,भान्जी वलात्कार गर्ने मामा,श्रीमतीको या श्रीमानको हत्या गर्ने नामधारी श्रीमान् श्रीमती मानवको रूपमा कलंक दानव मात्र हुन् ।

गौरादहमा ६५ बर्षे मनमाया भण्डारी आमा,
मारेको घटनाको अपराधी पत्ता नलाग्दै उता फेरि श्रीमान् लेनै श्रीमती काटेर हत्या गरिदिए। यति मात्र कहाँ हो र हत्या गरेरपनि पचाउन लागि परेका छन्।हत्याराले त पचाउन खोज्नु ठिकै होला तर तिनै आमाले जन्मदिएका सन्तान पनि किन हत्यारा जोगाउन खोजि रहेछन् ?

छोरीहरू,बुहारीहरू,नातिनीहरू तपाईंहरूले नाता हेरेर यो घट्ना पचाउन दिनु भयो भने भोलि तँपाइहरूको पनि अवस्था यहि हुनेछ । किन मारेर पनि पचाउन या कानुन किन्न सकिदो रहेछ र सजाय भोग्नु पर्ने रहेनछ भन्ने मनोवल बढि अपराधिको पछिल्लो पिडीले कुनै दिन तिम्रो पनि हत्या गर्ने छन् अनि त्यो समयमा तिम्रा शन्तान पनि सत्य बोल्ने छैनन् र मृत्यू पछिपनि तिमीले न्याय पाउने छैनौ । त्यसैले अहिले सत्य बोल त्यो तिम्रो सत्य बोलाईले तिम्रा पुस्तौ पुस्ता सुरक्षित बन्ने छन्।

मेरो घर नजिक एक बाबुले आफ्नी १० बर्षे छोरीलाई कसैलाई भनिस् भने आमा र बैनी त सहित मारिदिन्छु भन्दै धम्क्याउदै पटक पटक रेप गर्दा रहेछन् । बिचरी बालख डरले कसैलाई भन्न सकिनन्। अस्वस्थ भएर बाचिरहिन् । ३-४ महिना पछि जव आमाले आफ्नै आँखाले देखिन् तव प्रहरी प्रशासनको साथ लिइन् र किटानि जाहेरी दिइन् । अहिले बलात्कारी पुरपक्षेका लागि थुनामा छ। घरमा खान केहि नभए पनि आमाछोरी रमाएर नै बसेका छन् । श्रीमान र श्रीमती नाता हैन आफ्नी वालक छोरीलाई न्याय दिन सफल भएकी छन् यि आमा ।

जबजब तपाईं हामी अपराध लुकाउदै जान्छौ तबतब अपराधीको मनोवल बढ्छ र अपराधी अझैं अपराध गर्दै जान्छ। जो जस्तो संस्कारमा हुर्केको हुन्छ, जुन घरमा वालपनदेखि नै गरेका सन्तानका ठूला ठूला अपराधलाई छोपिदिने गरिन्छ , तिनै सन्तान पछि गएर जघन्य अपराध गर्ने मनोबृतिका हुन्छन् । त्यसैले पनि गल्तिलाई कहिले ढाकछोप नगर्नुहोस। जब अपराध झांगी सक्छ तब ति सन्तानले आफ्नै आमा बुबालाई मारेका सयौं घटनाहरू छन् ।

चैत्र महिना हेटौडाकी सुस्मिता केसीलाई आफ्नो श्रीमान मरेको ६ महिना नपुग्दै मारियो ।भान्सामा आत्माहत्या गरिछ बुहारीले भनेर प्रचार प्रसार गरियो।माइती पक्षलाई हेर्नै नदिइकन घटनास्थलबाट उठाइयो । पोष्टमार्टम पछि सतगती गरियो । तर माइति पक्ष छोरीले आत्महत्या गरेको भनेर मान्न तयारी भएनन् र किटानी जाहेरि दिए ससुरा ,नन्द सहित परिवारको नाममा। कानुन किनेर आत्महत्या नै हो भन्ने मा ठहर हुनै लाग्दा “बुहारी समूह नेपाल ” भन्ने सस्थाका दिदीबैनीहरूले सुस्मिता केसीका माइती पक्षलाई साथ दिनुभयो र आन्दोलन सुरू भयो ।
अनि मात्र छिमेकी बोल्न थाले “गुहार बचाउ “भनेको आवाज राति सुनेको हो यी विना यसरी मर्ने मानिस हैनन् मारेकै हो परिवारले भनेर जव साथ मिल्यो तव ससुरा,नन्द सहितलाई पुरपक्ष्यका लागि थुनियो र कारबाहि सुरू भएपछि ससुराले बके छोराको नाममा एक करोडको बिमा आफ्नै ज्वाइले गराएका रहेछन् ,छोरा एक्सिडेन्ट भएपछि त्यो सम्पूर्ण रकम बुहारीका नाममा जाने भयो अब उसलाई मार्यो भने मात्र हाम्रा हातमा पर्छ , त्यसैले बुहारी मार्ने योजना बनाएर माइतमा पढि रहेकी बुहारीलाई ६ महिनाको छोराको मासिका गर्न आउ भनि बोलाएर हामीले लोहोराले टाउको मा हानी मारेका हौ भनेर बयान दिए । यदि माइती पक्षले न्याय नखोजेको भए सुस्मिता केसीले मृत्य पछि पनि शान्ति पाउने थिइनन् । अब ति अपराधी सबै जेलमा छन् न्याय पाएपछि छोरी गुमाउनु पर्दाको पिडालाई बिर्सन सायद केही सहज भएको होला ।

त्यसैले सम्पतिकै लागि भण्डारी आमाको पनि हत्या गरिएको त हैन ? बोल्नुहोस् परिवार जन, छरछिमिकी, बोल्नुहोस्, आफन्तजन सत्य के हो बोल्नुहोस र तपाईका भावि सन्तानलाई असल मार्ग निर्देशन गर्नुहोस् । अपराध गरियो भने कसैले पनि माया गर्ने रहेनछ र कानुनले पनि छोड्दो रहेनछ भन्ने विश्वस दिलाउनुहोस् र मनमाया भण्डरीलाई न्याय दिएर छट्पटाइ रहेको वहाँको आत्मालाई शान्ति दिनुहोस् । न्याय दिनु र पाउनु सबैको हितमा छ !

लेखक अगुवा महिला एवं शिक्षिका हुनुहुन्छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु