मुख्य खबर

धरानमा थप दुई सङ्क्रमितको मृत्यु


    रासस   १ कार्तिक २०७७, शनिबार १६:०२

धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको मृत्यु भएको छ। झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय पुरुषको आधाआधा घण्टाका फरकमा मृत्यु भएको हो।

सुनसरीका पुरुषको आज बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।

झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो। माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो। उनको पेटको समस्या भई भरखर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ। रासस

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु