मुख्य खबर

दमकबाट लागूऔषध सहित एक पक्राउ


    सवाल नेपाल   १ कार्तिक २०७७, शनिबार १८:२९

दमक/  लागूऔषध कारोबारमा संलग्न एक युवकलाई झापाको दमकबाट आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ३५ को चन्द्र सदा छन् ।

विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकका सादा पोशाकमा खटिएका प्रहरीले दमक ६ स्थित न्यु दमक खाजा घरबाट उनलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

सो खाजा घरमा लागूऔषध बेचबिखन गर्दागर्दै उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट २५ थान फेनारगन, २५ थान लुपीजेशिक, २५ थान डाइजेपाम समेत प्रहरीले बरामद गरेको छ ।

साथै नगद एक हजार र दुई थान मोवाईल पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुशन्धान भइरहेको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु