काठमाण्डाै – बलिवुड अभिनेत्री रिया चक्रवर्तीले जमानत पाएकी छिन्। बुधबार मुम्बईको उच्च न्यायालयले चक्रवर्ती लाई जमानत दिएको हो ।

रियाका साथै दीपेश सावन्त र स्यामुएल मिरान्डालाई पनि न्यायालयले जमानत दिएको छ । तर रियाका भाइ शौविक चक्रवर्ती र अब्दुल बासित परिहारले भने जमानत पाएका छैनन् ।

रियालाई गएको महिना नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको थियो । उच्च न्यायालयले रियालाई जमानत दिँदै केही शर्त राखेको छ । रियाले आफ्नो पासपोर्ट अदालतमा बुझाउनुपर्नेछ र देशबाहिर जानुअघि अदालतको अनुमति लिनुपर्ने प्रावधान हुन्छ ।

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतकाे मृत्यु प्रकरणसँग जोडिएको ड्रग्स मामिलामा एनसीबीले रियालाई पक्राउ गरेको थियो ।
साभार: उज्यालो खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय