
के बि महरा/ कैलाली: चुरे गाउँपालिका वडा नं. १ स्थित घराखेडामा करिब ६ करोड बराबरको लागतमा निर्मित चुरे गाउँपालिकाको कार्यालय भवन उद्घाटन सम्पन्न भएको छ ।
गत कार्तिक ७ गते शनिबारका दिन एक औपचारिक कार्यक्रमको आयोजनाका बीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले
चुरे गाउँपालिकाको नवनिर्मित भवनको उद्दघाटन गर्नुभएको हो ।
कार्यक्रमको प्रमुख आतिथ्यमा मन्त्री भट्ट तथा विशिष्ट अतिथिहरु: सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी , नेकपा प्रदेश सांसद चुनकुमारी चौधरी तथा कैलाली जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर थापा समेतको उपस्थितिमा भवन उद्घाटन सम्पन्न गरिएको चुरे गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेम साउदले जानाकारी दिनु भयो ।
फेसबुकमा तपाईको प्रतिक्रिया