विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा दिनप्रतिदिन कोरोना संक्रमणदर बढ्दो अवस्थामा रहेको पाईएको छ । मृत्युदर पनि बढ्दो रहेको छ । आइतवारमात्र झापामा १ सय ५१ जना नयाँ संक्रमितहरु थपिएकाछन् । यसमा दमकका मात्र ६६ जना रहेको बताईएको छ ।

एकैदिन यति ठुलो संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो । सबै समुदायका हुन् । अधिकाँश संक्रमितहरु होम आईसुलेसनमा रहेकाछन् । दमकका सबै क्वारेन्टाइनहरु खालि अवस्थामा रहेको बताईन्छ । संक्रमितहरुले घरमा नै बस्न चाहेर बसिरहेको जनार्ईएको छ ।

दूइदिनको अवधिमा दमकमा दूइ जना संक्रमितको ज्यान गएको छ । दुबै जना होम आईसुलेसनमा रहेका थिए । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनिहरुको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

होम आईसुलेसनको पालना नहुदा कोरोना संक्रमितहरु हिडडुल गर्ने र यसले जोखिम बढाएको बताईन्छ । होम आईसुलेसनमा बसेकाहरुको नियमित रेखदेख तथा अनुगमन हुन सकेको छैन । यसले गर्दा दमकमा जटिलता आईरहेको एक स्वास्थ्यकर्मीको भनाई रहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । गत २४ घण्टामा मात्र २ हजार ८ सय ५६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रभाबकारी न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर