अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले नोभेम्बर महिनाको अन्त्यसम्ममा कोरोनाको खोप तयार भइसक्ने संकेत दिएका छन् ।

अनि बेलायतको नेसनल हेल्थ सर्भिस ट्रस्टका प्रमुखले पनि डिसेम्बरको आरम्भसम्ममा खोप तयार हुन सक्ने बताएका छन् ।

बेलायतमा स्वास्थ्यकर्मीहरूलाई कोरोना खोप दिने योजना बनेको छ । क्रिसमसअघि हेल्थकेयर वर्करहरूलाई खोप दिन सकिनेछ ।

अमेरिकाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाको खोप तयार पार्न एक अर्ब डलर दिएको छ र आफ्ना लागि ४० करोड डोज सुरक्षित पारेको छ । बेलायत सरकारले पनि १० करोड डोजको अर्डर गरिसकेको छ ।

फाउचीले नोभेम्बरको अन्त्यसम्ममा कोरोना खोप प्रभावकारी छ कि छैन भन्ने थाहा भइसक्ने बताए । यो सुरक्षित र प्रभावकारी रहेको पुष्टि भएपछि आवश्यकता परेका मानिसलाई खोप दिने अर्को चुनौती भएको उनले बताए ।

तर डिसेम्बरमा खोप सफल भएको घोषणा भएछ भने पनि प्रत्येक व्यक्तिलाई खोप दिनका लागि डोज नपुग्ने उनले बताए । अमेरिकामा मानिसहरूले सन् २०२१ को लगभग मध्यसम्म कोरोना खोपका लागि प्रतीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर