बुटवल । बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने दुवै जना रुपन्देहीका रहेका छन् ।

अस्पतालका अनुसार तिलोत्तमा–११ की ५० वर्षीया महिलाको गएराति र बुटवल–१३ का ५२ वर्षीय पुरुषको आज बिहान पचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् ।

डा. गौतमका अनुसार तिलोत्तमाकी महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि हिजो नै अस्पताल भर्ना भएकी थिइन् । यस्तै बुटवलका पुरुषमा भने कार्तिक ७ गते कोरोना पोजेटिभ देखिएको थियो । दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय