सब्सिटिट्युटका रुपमा मैदान प्रवेश गरेर पनि मार्कस रासफोर्डले ह्याट्रिक पुरा गरेपछि म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा आरबी लेइपजिगविरुद्ध ५–० को सहज जित हासिल गरेको छ ।

६० मिनेटपछि मैदान प्रवेश गरेका इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीले १६ मिनेटको अन्तरमा तीन गोल गरेका थिए । खेलमा २१ औँ मिनेटमा युवा खेलाडी मार्कस ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । अर्को गोल एन्थोनी मार्सियालले गरे ।

टोटनहामसँग ६–१ को लज्जास्पद हार ब्यहोरे यता युनाइटेडले तीन खेलमा जीत र एकमा बराबरी हासिल गरेको छ । पछिल्लो दुई खेलमा क्लिन सिट पनि राख्न सफल भएको छ ।

समूह एचकै अर्को खेलमा पेरिस सेन्ट जर्मेनले इस्तानबुल बसाक्सेहिरलाई २–० ले पराजित गरेको छ । पीएसजीका लागि दुवै गोल मोइस किनले गरे ।

खेलको पहिलो हाफमा पीएसजीले चोटका कारण नेयमारलाई गुमाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय