कोरोना

२४ घण्टामा ३ हजार बढी डिस्चार्ज


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १३, १८:२०

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार सात सय १८ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार तीन सय ६४ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

त्यस्तै गएकाे २४ घण्टामा तीन हजार ३८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख २४ हजार आठ सय ६२ पुगेको छ ।

अब नेपालमा ३८ हजार नाै सय ५२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ८९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नाै सय चार पुगेको मन्त्रालयले जनाएकाे छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु