देशमा चिसो सुरु भएको छ । आज हामी तपाइँहरुलाई तातोपानीका १० फाइदाबारे जानकारी दिँदैछौं –

१. सामान्य पानी जसरी मानिसको स्वास्थ्यको लागि आवश्यक पर्छ, त्यस्तै तातोपानी पनि स्वास्थ्यका लागि निकै आवश्यकता पर्छ तर तातोपानीले शरीरलाई निकै फाइदा पुग्छ ।

२. तातोपानीमा स्नान गर्नु थकाई मेटाउने निकै आरामदायी साधन हो । तातोपानीले छालालाई निखार्ने मात्रै होइन छाला सम्बन्धी विरामीलाई समेत तातोपानीले निकै फाइदा गर्छ ।

३. सबैलाई थाहा छ की तातोपानीले सौन्दर्य र स्वास्थ्य दुवैलाई फाइदा गर्छ । त्यसैमा गुलाब पानी मिसाएर विस्तारै आफ्नो शरीरमा लगायौं भने हाम्रो शरीरमा भएको दुखाईलाई समेत अन्त्य गरिदिन्छ ।

४. यदि तपाईं निकै मेहनत गर्नुहुन्छ र थकाई महशुष गर्नुहुन्छ भने, हल्कापन महशुस गर्नका लागि थकान घटाउनकालागि तातोपानी निकै लाभदायक हुन्छ ।

५. यदि तपाईं सधै मनतातोपानी सेवन गर्नुहुन्छ भने यसले तपाईंंलाई सधै फ्रेस देखिनुहुनेछ ।

६. तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । यसले रक्त सञ्चार ठिक तरिकाले गराउने काम समेत गर्छ ।

७. मनतातोपानीको साथै कागती र मह मिसाएर पिउनुभयो भने तपाईंको रोग प्रतिरोधक क्षमता निकै बढ्ने गर्छ ।

८. चिसो पानीलाई मृगौलाको लागि निकै हानिकारक मानिन्छ, मृगौलालाई राम्रो बनाउनको लागि हरेक दिन विहान र बेलुका एकएक पटक मनतातोपानी पिउनु उचित हुन्छ । यसले शरीरमा हुने दुर्गन्धलाई पनि हटाइदिन्छ ।

९. मनताता पानी हाड जोर्नीको दुखाई कम गर्न उपयुक्त हुन्छ । मनतातो पानी जोर्नीहरुबीचको घर्षण कम गर्न सहयोगी मानिन्छ । भविष्यमा हुने जोर्नी सम्बन्धी रोगलाई कम गर्ने जनाइएको छ । चिसो पानी भन्दा निकै गुण बढी फाइदा जनक तातोपानी हुने गरेको छ ।

१०. स्वास तथा मृगौला सम्बन्धी रोगभएको व्यक्तिले चसो पानी पिउनु फाइदा जनक हुँदैन ।
अत: चिसो मौसममा चिसो पानी पिउनु हुँदैन । मन तातो पानी पिउनुहोस् भविष्यमा हुने रोगबाट बाँच्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय