महिलालाई होच्याउने शब्दसहित छाडा गीत गाएको भन्दै र्‍याप गायक समीर घिसिङ (भिटेन)माथि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

यसपटक सार्वजनिक गरिएको ‘पारा’ नामक गीतमा भिटेनले छाडा शब्द प्रयोग गरेको आरोप लागेको छ ।

छाडा शब्द राखेर गीत गाएको उजुरीका आधारमा उनीमाथि छानविन गर्नु भनेर प्रहरीको साइवर ब्युरोलाई पत्राचार गरिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कठायतले लोकान्तरलाई जानकारी दिए ।

यस्तै छाडा गीत गाएको भन्दै यसअघि गतवर्षको कात्तिक ७ गते पनि उनी पक्राउ परेका थिए । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय