मुख्य खबर

विश्वरूप मन्दिर पुनर्निर्माण गर्ने बाटो खुल्यो : पुरातत्वको स्वीकृति


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक १४, ११:०६

काठमाण्डौ – भूकम्पपछि पाँच वर्षसम्म पुनर्निर्माणको काम सुरु हुन नसकेको विश्वरूप मन्दिर पुनर्निर्माण गर्न बाटो खुलेको छ ।

पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ ।

पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण विश्वरूप मन्दिरको पुनर्निर्माणको काम सुरु हुन सकेको थिएन । पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनर्निर्माणको काम सुरु गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मन्दिरसहित वरिपरिको सत्तल पुनर्निर्माणका लागि ७० करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो । बहुवर्षीय योजना अन्तर्गत आर्थिक वर्ष २०७८/२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनर्निर्माण सक्ने लक्ष्य छ । पुनर्निर्माणका लागि ठेक्काको प्रक्रिया सुरु भइसकेको कोषका निर्देशक भरत मरासिनीले बताउनुभयो ।

यो महिना भित्रै ठेक्का गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो । विभागबाट स्वीकृति प्राप्त भए पनि लागत पूर्वानुमानको समीक्षा हुने कोषले जनाएको छ । विश्वरूप मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको समान आस्थाको केन्द्रका रुपमा रहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु