अनौठा कुरा

मानिसको अनौठो रहर: निधारमा सिङ, जीउमा साढे ४०० प्वाल (भिडियो हेर्नुस्)


  काठमाडाैं   एजेन्सी   २०७७ कार्तिक १४, १४:५६

एजेन्सी । मानिसले आफुलाई अरु भन्दा फरक देखाउन अनेक उपाय गर्ने गर्छन । एउटा ब्यक्तिले विश्व रेकर्ड कायम गर्न गरेको अनौठो तरिकाले सबैको ध्यान तानेको छ । जर्मनीका एक ब्यक्तिले विश्व कीर्तिमान कायम राख्न शरिरका अंगहरुमा अनौठो परिवर्तन गरेका छन् ।

रोल्फ बुखोल्च नामका ती व्यक्तिले जीउमा ५१६ पटक बडी मोडिफिकेसन गरेर गिनिज बुकमा नाम लेखाएका हुन् । जीउमा टाटु खोपाउनेदेखि सुई रोपाउने तथा सिङ निकाल्नेदेखि प्वाल पार्नेसम्मका सबै काम गर्न भ्याएका छन् उनले ।

उनको भिडियो सार्वजनिक गरिएको छ । जसमा उनले भनेका छन्, आफ्नो जीउमाथि यतिधेरै प्रयोग गरिसकेपछि पनि उनलाई चित्त बुझेको छैन । जीउलाई परिवर्तन गराउने कार्य अझै जारी रहन्छ ।

बुखोल्च भन्छन्, ‘शरीर परिवर्तनको कार्यले केवल मेरो बाहिरी आवरण मात्रै फेरिएको छ । यसले मलाई बदलेको छैन । म त उही मान्छे नै हुँ ।’ बुखोल्चका शरीरमा ४५३ वटा प्वाल पारिएको छ । त्यस्तै शरीरका सबैजसो ठाउँमा टाटु छन् भने जीउमा टुटुल्को उठाउनका लागि छालामुनि प्रत्यारोपण समेत गरिएको छ ।

यसअघि सन् २०१० मै उनले जीउमा सबैभन्दा धेरै प्वाल छेड्ने मानिसको रुपमा गिनिज बुकमा नाम लेखाइसकेका थिए । हालै गिनिज बुकले उनको भिडियो शेयर गरेसँगै उनी पुनः चर्चामा आएका छन् ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु