कोरोना

२४ घण्टामा देशभर ३५१७ कोरोना संक्रमित थपिए


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १४, १७:३१

पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु