मुख्य खबर

कोरोनाले पोखरामा थप दुई जनाको मृत्यु


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १४, १७:४०

पोखरा : कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट शुक्रबार पोखरामा २ जनाको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले २ जनाको मृत्युको पुष्टि गरेको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुने ७५ भएका छन्।

पोखरा महानगरपालिका १५ का ८१ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो। ती वृद्धमा कात्तिक १२ गते कोरोना पुष्टि भएको हो। शुक्रबार बिहान उनको आफ्नै निवासमा मृत्यु भएको हो।

स्याङ्जा वालिङ ५ की ७० वर्षीया महिलाको पनि शुक्रबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

उनको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचार भइरहेको थियो। उनमा ९ गते कोरोना पुष्टि भएको थियो। ती बिरामीमा निमोनिया लगायत समस्या थिए।

गण्डकी प्रदेशमा शुक्रबार बिहानमात्रै ९८ संक्रमित थपिएका छन्। प्रदेशका ७ जिल्लामा ९८ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

थपिनेमा कास्कीका ६० जनाछन्। नवलपरासीमा २२, तनहुँमा ८, स्याङ्जामा ३, गोरखा, लमजुङमा २/२ र पर्वतमा १ संक्रमित थपिएका छन्। गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ७ हजार १ सय ४५ पुगेको छ। तीमध्ये ४ हजार ६६ जना निको भएका छन् भने ७३ जनाको ज्यान गएको छ। अन्नपुर्ण पोस्ट बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु