कोरोना

थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण, २२६४ संक्रमणमुक्त


  दमक   सवाल नेपाल   २०७७ कार्तिक १५, १७:०४

बितेको २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।
यसैष्गरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ ।

यस्तै हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु