कोरोना

पछिल्लो २४ घण्टामा १ नम्बर प्रदेशमा २२२ कोरोना संक्रमित थपिए


  काठमाडाैं   रासस   २०७७ कार्तिक १५, १९:१७

पछिल्लो २४ घण्टामा १ नम्बर प्रदेशमा २२२ कोरोना संक्रमित थपिएका छन् ।

सो अवधिमा गरिएको ८०३ जनाको पीसीआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६ मध्ये विराटनगरमा १०५, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश बाहिरका ५ संक्रमित छन् ।

प्रदेशमा संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेशमा शनिवार ३२ संक्रमित निको भई घर फर्केका छन् । निको हुनेको संख्या अहिलेसम्म १० हजार ८५० पुगेको छ । प्रदेशमा हालसम्म १ लाख ५९ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु