काठमाडौं, १५ कार्तिक । कोरोना संक्रमणसँगै निमोनिया समेत भएका नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

कोरोना संक्रमणपछि ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत पूर्वमन्त्री विश्वकर्माको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरको सहायताले उपचार शुरु गरिएको उनका सहयोगी आकाश उप्रेतीले जानकारी दिएका छन् ।

‘भेन्टिलेटरमा पाँच दिनको उपचारको कोर्स पुरा गर्दा निमोनिया निको पार्न सकिने डाक्टरहरुको अपेक्षा छ,’ उप्रेतीले भने । ५३ वर्षीय विश्वकर्मालाई कोरोना संक्रमणसँगै निमोनिया पनि देखिएपछि आईसीयूमा उपचार शुरु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय