कोरोना

नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ७० हजार बढि


  काठमाडौं   के बि महरा   २०७७ कार्तिक १६, ०६:१६

काठमाण्डाै:- गएको २४ घण्टामा दुई हजार पाँच सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ७९ जनाको पीसीआर परीक्षण भएको हो ।

आज थपिएका मध्ये काठमाण्डौ उपत्यकाका एक हजार तीन सय ५७ जना रहेका छन् । यस्तै गएको २४ घण्टामा दुई हजार दुई सय ६४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ३१ हजार दुई सय २२ पुगेको छ । अब नेपालमा ३८ हजार पाँच सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साभार: उज्ज्यालो खबर बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु