इम्युनिटी अर्थात् रोगप्रतिरोधक क्षमता भनेको शरीरको टक्सिनसँग लड्ने क्षमता हो । यो टक्सिन ब्याक्टेरिया, भाइरस, फंगस, प्यारासाइट र अन्य हानिकारक पदार्थ हुनसक्छ । हाम्रो इम्युनिटी बलियो छ भने रुघाखोकीबाट सजिलै बचाउँछ अनि हेपाटाइटिस, फोक्सोको संक्रमण, मिर्गौलाको संक्रमणलगायत अनेकौं रोगबाट बचाउँछ ।

हाम्रो वरिपरि कैयौं प्याथोजिनहरू हुन्छन् । हामीले थाहा नपाइकनै खाना र पानीका साथ, अझ सास लिँदा पनि, हानिकारक तत्त्वहरू शरीरले सोसिरहेको हुन्छ । यस्तो हुँदा पनि सबैजना बिरामी पर्छन् भन्ने होइन । इम्युन सिस्टम बलियो हुँदा शरीरले बाहिरी संक्रमणसँग राम्ररी लड्छ ।

हाम्रो रोगप्रतिरोधक क्षमता रक्तपरीक्षणबाट पत्ता लाग्छ तर शरीरले पनि अनेकौं संकेत दिन्छ ।

तपाईं अरूहरूभन्दा बढी घरिघरि बिरामी हुनुहुन्छ, रुघाखोकी लागिरहन्छ, गला खराब रहन्छ वा छालाको –यासेज छ भने तपाईंको इम्युन सिस्टम कमजोर भएको लक्षण हो । बारम्बार डायरिया, गिजा सुन्निने, मुखमा घाउ पनि खराब इम्युनिटीको लक्षण हो ।

केही मानिस मौसम परिवर्तन हुनेबित्तिकै बिरामी हुन्छन् । शरीरको तापक्रम कम हुँदा यसो हुन्छ । बलियो इम्युन सिस्टमका लागि नर्मल ओरल बडी टेम्परेचर ३६.३ डिग्री सेल्सियसभन्दा कम हुनुहुँदैन । जाडोमा भाइरस ३३ डिग्रीमा बाँच्छन् । दिनदिनै व्यायाम गर्दा शरीरको तापमान र इम्युनिटी बढाउन सक्नुहुन्छ । तातो उत्पन्न गर्ने मसला लसुन, अदुवा, दालचिनीको सेवन पनि लाभदायक हुन्छ ।

शरीरलाई कहिलेकाहीँ ज्वरो आएको राम्रो हो । ज्वरो आएन भने प्रतिरोधक क्षमता कमजोर भएको बुझ्नुपर्छ । ज्वरोमार्फत शरीर रोगहरूसँग लड्छ । हामीहरूमध्ये धेरै ज्वरो आउनेबित्तिकै औषधि खाइहाल्छौं जसले गर्दा ज्वरोले सकारात्मक तरिकाले काम गर्न सक्दैन । तपाईंलाई संक्रमणपछि पनि ज्वरो आएन भने कमजोर इम्युनिटीको लक्षण हो ।

भिटामिन डीले इम्युनिटी बढाउँछ र धेरै मानिसमा यसको कमी हुन्छ । तपाईंको ब्लड रिपोर्टमा भिटामिनको कमी छ भने त्यसको स्तरलाई सही गर्ने कोशिश गर्नुपर्छ । त्यसबाहेक लगातार थकान, आलस्य, लामो समयसम्म घाउ
नपुरिनु, निद्रा नआउनु, डिप्रेसन र आँखामुनि कालो घेरा पनि कमजोर प्रतिरोधक क्षमताको लक्षण हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय