मुख्य खबर

झापामा खैरोहिरोईन ब्राउनसुगर सहित भारतिय नागरिक पक्राउ


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १६, १२:०९

झापा,कात्तिक-१६ गते । झापाको मेचीनगर नगरपालिका-६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित भारतिय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्जिलिङ पश्चिम बङगाल खोरोबारीका २५ बर्षीय साधिक आलम रहेका छन । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई हिजो अपरान्ह पौने ४ बजे नियन्त्रणमा लिएका थियो ।

नियन्त्रण पश्वात उनि माथी चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाई छिपाई राखिएको २६ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रही कार्यालयले झापाले जनाएको छ । पक्राउ परेका आलम उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु