आजभोलिको जीवनशैलीका कारण व्यक्तिहरू बारम्बार बिरामी परिरहेका छन् । आधुनिक मानिसहरूको खानपिनको बानी परिवर्तन भएको छ । जंक फूड खाने बानीले गर्दा आधुनिक मानिसहरूको पाचनप्रणाली नै बिग्रिसकेको छ ।

पाचन राम्रो बनाउनुछ भने त्रिफला खान थाल्नुस् । यो प्रसिद्ध आयुर्वेदिक उपचार पद्धति हो । अमला, हर्रो र बर्रो मिलेर त्रिफला बन्छ । यसको सेवनले के फाइदा हुन्छ हामी बताउँदैछौं ।

कब्जियत
त्रिफलाले लामो समयदेखि जमेको कब्जियतबाट छुटकारा दिलाउँछ । यसले शरीरको आन्तरिक फोहरलाई बाहिर निकालेर सफा गर्छ । पाचनलाई पनि यसले सुधार गर्छ ।

मेटाबोलिजम वृद्धि
त्रिफला खाँदा मेटाबोलिजम बढ्छ र पाचनतन्त्र सही रहन्छ । राति सुत्नुअघि यसको सेवन गर्दा पेटसम्बन्धी समस्या भाग्छन् ।

रगत सफा
त्रिफला चूर्णले खाना पचेपछि बाँकी रहेका अतिरिक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । घरिघरि बिरामी हुने मान्छेले यसको सेवन गर्नुपर्छ ।

एन्टीअक्सिडेन्ट
त्रिफलामा भएको एन्टीअक्सिडेन्ट तत्त्व स्वास्थ्यका लागि लाभदायक छ । यसको सेवन गर्दा अनुहारमा चाउरी पर्न पाउँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर