राष्ट्रिय खबर

२४ घण्टामा २ हजार ८२४ संक्रमित थपिए, ३ हजार ६२० संक्रमणमुक्त


  काठमाडाैं   सवाल नेपाल   २०७७ कार्तिक १६, १६:५३

बितको २४ घण्टामा देशभर २ हजार ८२४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ३ हजार ६२० जना संक्रमण मुक्त भएको समेत जानकारी दिए ।

उनकाअनुसार हालसम्म संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ ।
हाल देशभर सक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७७९ जना र होम आइसोलेशनमा ३० हजार ९८६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा पीसीआर १३ हजार २३ जनाको भएकोमा काठमाडौं उपत्यकामा मात्रै १ हजार ६२२ जनामा पुष्टि भएको छ ।
यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु