अनौठा कुरा

जसको पनि घर अगाडी रहेको यो झाडीको महत्वबारे कसैलाई थाहा छैन।हरेकलाइ हुने यस्ता रोगको अचुक उपचार हो यो वनस्पति,तरिका सहित हेर्नुहोस


  दमक   एजेन्सी   २०७७ कार्तिक १७, ०८:२८

हामीलाई झारपातहरूको महत्व नै थाहा छैन । जमिनमा उमर्ने धेरै जसो झारपात औषधिय गुण भरिपूर्ण हुन्छन् ।हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन्।यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ । यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ ।

ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भने त ओमेगा ३ पाउनका लागि पर्सलेन नै सर्वोत्तम विकल्प हो। पर्सलेनमा भएको एन्टीअक्सिडेन्टले तपाईंको छाला जवान राख्छ । अनि यसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाएर रोगहरूसँग लड्न पनि सहयोग गर्छयो

बिरुवा आहारमा समावेश गर्नुभएमा शरीरमा क्याल्सियम र म्याग्नेसियमको कमी हुन पाउँदैन। तपाईंको हाड र दाँत बलियो हुन्छ।यसमा पोटेसियम पनि प्रशस्त हुन्छ । यसको पात खाँदा रक्तचाप सामान्य रहन्छ । यसमा आइरन पनि हुन्छ । शाकाहारीहरूका लागि आइरन पाउन मासुको साटो यही बिरुवा उपयुक्त हुन्छ।पर्सलेनमा ९३ प्रतिशत पानी हुन्छ । यसको पात खाँदा तपार्ईंको शरीर आर्द्र रहन्छ। तपाईं स्वस्थ र फुर्तिलो हुनुहुन्छ । पर्सलेनमा भएको मेलाटोनिनका कारण यो खाँदा तपाईंलाई राम्रो निद्रा लाग्छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु